नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । करिब एक सातादेखि निरन्तर ओरालो लागेको बजारमा आज सकारात्मक देखिएको हो । बुधबार २९ दशमलव ८९ अंकले घटेको बजार आज १२ दशमलव ५७ अंकले बढेर १ हजार ९७८ दशमलव ९४ विन्दुमा चढेको हो । 

बिहीबार २२१ वटा धितोपत्रको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बिहीबार १३ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक बढेको छ भने बाँकी व२ वटा समूहको परिसूचक घटेको छ । आज आधिँखोला लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर, सामुदायिक लघुविको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा आज पनि सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको १३ करोड ८८ लाख ९७ हजार १५१ रुपैयाँको शेयर खरिद विक्री भयो ।
 

Logo