आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक

आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक


इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सको अवसरमा आइएमईले ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ । अफर अनुसार इन्टरनेसनल डे अफ फेमिली रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँचजना भाग्यशाली सेवाग्राहीहरूलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ कर बाहेक उपलब्ध गराउने जनाएको छ ।  

उक्त अफर इन्टरनेसनल डे अफ फेमिली रेमिटेन्सका रूपमा मनाइने १६ जुन एक दिनका लागि मात्र लागू हुने जनाएको छ । संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौँ नागरिकहरूले रेमिट्यान्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मानस्वरूप यो दिनलाई विशेष दिनको मनाइँदै आएको छ ।

Logo