कोरोनाबाट लुम्बिनी प्रादेशिक अस्पतालमा एक महिलाको मृत्यु

कोरोनाबाट लुम्बिनी प्रादेशिक अस्पतालमा एक महिलाको मृत्यु


बुटवल ।

कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको आज बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए।

भदौ ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएकी महिलामा ज्वरो, श्वासप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।रासस

Logo