मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै


मिस नेपालको ग्रान्ड फिनाले आज हुँदै छ । 

ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य बनाउने जनाएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब(टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा ११ जना निर्णायकको रुपमा रहनेछन् ।

नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् । फिनालेमा गीत तथा नृत्य प्रस्तुतिसमेत दिइने भएको छ । यसपटकको मिस नेपालमा अहिलेसम्मकै धेरै आवेदन परेको थियो । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको हो । 

Logo