‘सी’ डिभिजन लिग विजेता झापा फुटबल क्लबलाई सम्मान

‘सी’ डिभिजन लिग विजेता झापा फुटबल क्लबलाई सम्मान


‘सी’ डिभिजन लिग विजेता झापा फुटबल क्लबलाई सम्मान गरिएको छ । झापा गोल्डकप आयोजक समितिले क्लबलाई सम्मान गरेको हो । 
‘सी’ डिभिजन लिग च्यम्पियनमा आवद्ध खेलाडी र अफिसियललाई प्रति व्यक्ति नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको झापा गोल्डकप आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । ‘झापा फुटबल क्लब सी डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिजन लिगमा प्रवेश गरेको छ । यो हाम्रो लागि गौरवको विषय हो,’ उनले भने, ‘यो क्लबप्रतिको सम्मान हो । अब ‘ए’ डिभिजन प्रवेशका लागि शुभकामना छ ! हामीले प्रोत्साहनका लागि सम्मान गरेका हौँ ।’ 
हालै सम्पन्न सी डिभिजन लिगमा विजयी बन्दै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा प्रवेश गरेको थियो । झापाले च्यम्पियन बन्न १३ खेलमा सर्वाधिक ३४ अंग बटुलेको थियो । झापा एफसीको व्यवस्थापन र खेलाडीको मिहिनेतले खेल जितेको झापा एफसीका अध्यक्ष जलकुमार गुरुङले बताए । टोलीमा सबै नयाँ खेलाडी हुँदाहुँदै पनि जित निकाल्न सफल भएको उनको भनाइ छ ।
बी डिभिजन क्लबमा बढुवा भएपछि भने अन्य क्लबबाट खेलिरहेका झापाली स्टार खेलाडी पनि समावेश हुने अध्यक्ष गुरुङले जानकारी दिए  

Logo