भारतीय तरकारी र फलफूल बोकेको ट्रक सीमामा रोकियो

भारतबाट भारतीय तरकारी र फलफूल बोकेर आएको ट्रकहरुलाई सिमानाकामै रोक लगाइएको छ।

नेपालतर्फको नाका जमुनाहामा १७ वटा र भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएका हुन् । ति ट्रकहरुलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्रअनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका मालवाहक ट्रक रोकिएको बताए । उनले विषादी परीक्षण नगरेका ट्रकहरूलाई नेपाल प्रवेशमा रोक लगाउनु भन्ने परिपत्र आएकाले ति ट्रकहरु रोकिएको बताए ।

तरकारी र फलफूल बोकेका ट्रक नेपाल नभित्रिएपछि नेपालगञ्जमा तरकारीको भाउ बढ्न थालेको छ ।