नेपाल स्काउटको ७१ औं वार्षिकोत्सव

नेपाल स्काउटको ७१ औं वार्षिकोत्सव


नेपाल स्काउटले आफनो स्थापना दिवस भव्यताको साथ मनाएको छ ।  नेपाल स्काउटको राष्ट्रिय कार्यलयमा एक कार्यक्रम आयोजना गरी स्काउटले  आइतबार आफनो ७१ औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा स्काउटका विद्यार्थीहरुले मार्चपास र नृत्यका साथै विभिन्न प्रस्तुती दिएका थिए ।स्काउटले स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरुलाई विभिन्न सम्मान र पदवी वितरण गरेको थियो । स्काउट राष्ट्रिय तदर्थ समितिका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पदवी वितरण गरेका थिए ।

नेपालमा सन् २००९ मा स्काउटको स्थापना भएको थियो ।  स्काउटले प्राकृतिक प्रकोपमा घाइते वा घाइते भएका व्यक्तिहरूलाई प्राथमिक उपचार, युवा र वयस्कहरूलाई सीप तालिम प्रदान गर्ने, विभिन्न सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक मुद्दाहरूमा चेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । स्वर्गीय राजा त्रिभुवन वीर विक्रम शाह देवले सन् १९५२ मा नेपाल स्काउट एण्ड गाईड्स संघको स्थापना  गरेका थिए । 

Logo