चर्चित वेब सिरिज ‘रिवरडेज’का अभिनेता रायनलाई आजीवन कारावासको सजाय

चर्चित वेब सिरिज ‘रिवरडेज’का अभिनेता रायनलाई आजीवन कारावासको सजाय


नेटफ्लिक्सको फेमस वेब सिरीज ‘रिवरडेज’का २४ वर्षिय क्यानेडियन अभिनेता रायन ग्रान्थमलाई आफ्नै आमाको हत्यामा दोशी ठहर गर्दै  आजीवन काराबासको सजाय सुनाईएको छ । 
ग्रान्थमले सन २०२० मा आफ्नै टाउनहाउसमा  ६४ वर्षिय आमाको हत्या गरेको ठहर गर्दै ब्रिटिस कोलम्बिया अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो ।   ब्रिटिस कोलम्बिया कोर्टका अनुसार उनले क्यानाडाका प्रधानमन्त्री जस्टिन टूडोको पनि हत्याको योजना बनाउदै थिए । एजेन्सीका अनुसार उनको कारमा ३ वटा हतियार प्राप्त गरिएको थियो ।

जसमा गोला वारुद, मोलोटोव काकटेल (ज्वलनशिल पदार्थ) र एउटा नक्सा भेटिएको थियो, जुन क्यानडाका प्रधानमन्त्री र उनको परिवार बस्ने घरको थियो । अदालतमा दिएको बयान अनुसार उनले टूडोको हत्याका लागि निकै डिटेलमा प्लान बनाएका थिए । उनले बयानमा भनेका छन्र्, हत्या भन्दा केहि समय अघि म डिप्रेसनको शिकार भएको थिए ।’ 

उनले राइजेज, किङडम फालिङ र अन्डरकभर चियरलिडर जस्ता टिभि शो र डायरी अफ अ उम्पि किड्, बिकमिङ्ग रेडउड्, द कारपेन्टर्स, ब्यारिकेड जस्ता चलचित्रहहरुमा अभिनय गरेका छन् ।

Logo