राणा र सरकारलाई गायक धिरज राईको यस्तो गाली (भिडियो सहित)

काठमाडौं,

गायक धिरज राई, नेपाली सांगितिक क्षेत्रमा चिनाइराख्नु पर्ने नाम होइन । पछिल्ला केहि वर्ष यता उनी सामाजिक अभियान्ताका रुपमा पनि चिनिएका छन् । आफ्नो गायन पेशा सँगसँगै राई गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश फैलाउने बुद्ध विश्व अभियान चलाउँदै आइरहेका छन् ।

विश्वका धेरै जसो देशमा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम फैलाउन खोजिएको छ । केहि पुस्तकहरुमा पनि यस्तै कुरा लेखिएको छ । खासमा यो सत्य होइन । बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश प्रवाह गर्न उनको यो अभियान सक्रिय छ । यसैक्रममा गतवर्ष राजधानीको टुंडिखेलमा पनि एउटा कार्यक्रम राखिएको थियो । जसमा धिरजकै भूमिका उल्लेख्य थियो । उनै गायक तथा सामाजिक अभियान्ता राईसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :