इन्धनको मूल्यसँगै सार्वजनिक यातायातको भाडा बढ्यो 

इन्धनको मूल्यसँगै सार्वजनिक यातायातको भाडा बढ्यो 


यातायातका साधनको इन्धनको भारी मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको छ। 
सार्वजनिक यातायातको भाडा ५.३० प्रतिशतले बढेको हो। यातायात व्यवस्था विभागले लामो दूरीका यातायातमा यात्रुवाहक र मालबाहक सवारीमा भाडा बढाएको हो। 

विभागले असार ६ गतेदेखी लागू हुने गरी यात्रुवाहक सवारीमा ५।३० प्रतिशत, पाहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी ६।९४ प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७।७ प्रतिशतले बढेको जानकारी दिएको छ।

Logo