नेदरल्याण्ड्सका कप्तान पिटर सीलारले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेदरल्याण्ड्सका कप्तान पिटर सीलारले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टोलीका कप्तान पिटर सीलारले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । 

पछिल्लो समय देखिएको ढाडको चोटको कारण उनले संन्यास लिएका हुन । ३४ वर्षीय अलराउन्डर पिटरले नेदरल्याण्ड्सका लागि ५७ एकदिवसीय र ७७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले यी दुबै लिगमा १०० भन्दा वढि विकेट लिएका छन् । उनी सन् २००९ मा इंग्ल्याण्डलाई टि—२० क्रिकेटमा हराउँदाको नेदरल्याण्ड्सको सदस्यमा उनी पनि थिए । उनी रातो बलमा ४ विकेट लिने केहि कम खेलाडी मध्ये एकमा पर्छन ।

उनले क्यानडा विरुद्व इन्टर कन्टिनेटल कपमा पनि नटआउट १३८ रन बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२२ रन बनाउनुका साथै ५५ विकेट हात पारेका छन् । सन् २००८ मा केन्याविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सीलारले गत वर्ष श्रीलंकाविरुद्ध अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । उनले टी–२० अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित ५९१ रन बनाउनुका साथै ५८ विकेट लिएका छन् । 

सन् २००६ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको सुरुवात गरेका उनले हालै इंग्ल्याण्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यहि खेलको क्रममा उनी घाइते भएका थिए । उनको स्थानमा २५ वर्षिय विकेट किपर ब्याटस्म्यान स्कट एडवाड नेदरल्याण्ड्सको नयाँ क्याप्टेन बन्न सक्ने सम्भावना छ । स्कटले इंग्ल्याण्ड विरुद्व हालै भएको दुई खेलमा पहिलोमा ७२ र दोस्रोमा ७८ रन बनाएका थिए ।  

Logo