विप्लव समूहका जिल्ला नेता पक्राउ

प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पक्राउ परेका छन् । लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।