केबुलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक

केबुलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक


केबल कार लामो समयसम्म अड्किएको विवरण सार्वजनिक भएको छ ।

पर्यटक बाेकेकाे केबलकार अड्किएपछि त्रसितमध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो । उनीहरू परवानु टिम्बर ट्रेलमा यात्रा गरिरहेका थिए । फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको भिडियोमा देख्न सकिन्छ । 
तर, केबलकारभित्र बालबालिका र महिलासमेत भएकोले अन्यले डोरी प्रयोग गरेर तल ओर्लन सकेनन् । मद्दतका लागि प्रहरी र दमकल टोलीहरू केबलकारमा पुग्नुअघि उक्त समूह एक घण्टाभन्दा बढी समयसम्म फसेको थियो । बाँकी समूहलाई उद्धार गर्न अधिकारीहरूले दोस्रो केबल कार प्रयोग गरेका थिए । 

यस्तै, घटना सन् १९९२ को १३ अक्टोबरमा भएको थियो । त्रासबीच एक जना अपरेटर केबलकारबाट हाम फाल्दा उनका मृत्यु भएको थियो ।

एजेन्सी

Logo