वीर अस्पतालका ७१ कर्मचारीमा कोरोना सङ्क्रमण, अस्पताल पूर्णरुपमा बन्द हुने

वीर अस्पतालका ७१ कर्मचारीमा कोरोना सङ्क्रमण, अस्पताल पूर्णरुपमा बन्द हुने


काठमाडौं ।

वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले मंगलबार मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्णरुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताए।

उनले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताए ।गोरखापत्रबाट

Logo