मंगलबार शेयर बजार हरियाली

मंगलबार शेयर बजार हरियाली


कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सोमबार ४९ दशमलव ३१ अंकले घटेको बजार आज ३७ दशमलव ४९ अंकले बढेर १ हजार ९२२ दशमलव ३० विन्दुमा पुगेको छ । 

मंगलबार २३१ वटा धितोपत्रको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार १३ वटै समूहको परिसूचक  समूहको परिसूचक हरियाली देखिएका छन् । सबैभन्दा बढी बिकास बैंक समूहको ३ दशमलव ८९ प्रतिशतले बढेको हो ।  

मंगलबार आधिँखोला लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त र सप्तकोशी डेभलप्मेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी नेपाल दु्रसञ्चार कम्पनीको ११ करोड ७२ लाख ९२ हजार ८४२ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो । 
 

Logo