अफगानिस्तानमा भूकम्पः कम्तीमा २८० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तीमा २८० जनाको मृत्यु


अफगानिस्तानको भूकम्पमा कम्तीमा २८० जनाको मृत्यु भएको छ । ६ दशमलब १ म्याग्निच्युड मापन गरिएको उक्त भुकम्पमा १५० भन्दा बढी घाइते भएका छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेको र भग्नावशेषबाट निकालिएको देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ । 

अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामबादसम्म महसुश गरिएको केन्द्रले जनाएको छ । 
 

Logo