#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व120193364716890583246634
नेपाल9081

काठमाडौंमा कुन ठाउँको जग्गाको मूल्यांकन कति ? (सूचिसहित)

देशकै राजधानी काठमाडौँ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सात वटै महादेशका मानिस बस्ने ठाउँ । सुख सुबिधा, रोजगारी खोज्नेदेखि कुटनीतिक चलखेल गर्नेहरु समेत यही रुमलिएका छन् ।

त्यसैले यहाँको गाँस, बास र कपास महँगो छ ।  तर, पनि मानिसहरु काठमाडौँमै जीबन जिउने रहर पालेर पाइला खियाइरहेका हुन्छन्।  झुपडी नै भए पनि काठमाडौँमा घर बनाउन चाहन्छन्, थोरै नै भए पनि जग्गा जमिनको जोहो गर्न चाहन्छन् । यदि तपाई पनि यस्तै सोच्दै हुनुहुन्छ भने यो सामाग्री तपाइलाई उपयोगी बन्न सक्छ।

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका जग्गाको मूल्यांकन सार्वजनिक छ । आर्थिक वर्ष २०७६/ ७७ वर्षको बजेट सार्वजनिक गर्दै विभिन्न १७७ ठाउँको जग्गाहरुको मूल्यांकन सार्वजनिक गरेको हो ।

महानगरले प्रति आना ४ लाख रुपैयाँदेखि प्रतिआना ५० लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरेको छ । महानगर वडा न १३ अन्तर्गत पर्ने बाटो नभएका जग्गाहरुको मुल्यांकन ४ लाख तोकिएको छ भने गोरेटो बाटो भएको जग्गाको प्रति आना ७ लाख र कच्ची बाटो भएको जग्गाको १२ लाख रुपैया तोकिएको छ।

त्यस्तै हनुमान ढोका, असन, इन्द्रचोक, खिचापोखरी, ठमेल, जमल, दरबारमार्ग, माइतिघर , त्रिपुरेश्वर, रानीपोखरी, पुतलीसडक, कमलपोखरी आसपासका जग्गाहरुको मुल्यांकन प्रतिआना ५० लाख रुपैया तोकिएको छ।

कुन ठाउँको जग्गाको मुल्यांकन कति ?

 

सम्बन्धित समाचारहरु