अफगानिस्तानमा भारी वर्षाले भूकम्प पीडितको उद्दारमा कठिनाई

अफगानिस्तानमा भारी वर्षाले भूकम्प पीडितको उद्दारमा कठिनाई


काबुलमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै कोल्याप्सुको अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । वर्षापछिको बाढीले सडक प्रभावित भएको छ  । 

‘हामी प्रभावित क्षेत्रमा राम्रोसँग पुग्न सकेका छैनौँ । नेटवर्कहरू धेरै कमजोर छन्’ एक तालिबान प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । 
 

Logo