स्वतन्त्र उम्मेदवारको जित अपवाद हो :ओली

स्वतन्त्र उम्मेदवारको जित अपवाद हो :ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारले चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन् ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताए । उनले भने, ‘यो गतिशील दुनियाँ हो । यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छ ।’
नेपालमा मुख्य रुपमा एमाले र कांग्रेस दुईवटा राजनीतिक पार्टी रहेको भन्दै उनले उनीहरुले राम्रो काम नगरे अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने बताए ।
‘ नेकपा एमाले घामजुन रहुन्जेल रहन्छ, नेपाली काँग्रेस घामजुन रहुन्जेल रहन्छ भन्ने होइन,’ एमाले अध्यक्ष ओलीले अघि भने, ‘तर अहिलेको यथार्थ नेपालमा मुख्य रुपमा दुई वटा पोलिटिकल पार्टी छन्, एमाले र काँग्रेस । यिनीहरुले केही पनि ठिक काम गरेनन् र योभन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।’
 

Logo