सुदूरपश्चिम प्रदेशका ७ बृहत सम्भावना (भिडियो रिपोर्ट)

काठमाडौं । सुदूरपश्चिम प्रदेश ९ वटा जिल्लाहरु बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली समेटिएको छ । सुदूरपश्चिम प्रदेशले नेपालको कुल क्षेत्रफल मध्ये १३.२७ प्रतिशत अर्थात् १९ हजार ५३९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ ।

२०६८ सालको जनगणना अनुसार यहाँको जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेको छ । यसमा प्रदेशको कुल क्षेत्रफल मध्ये हिमाली भूभाग ७,९३२ वर्ग किमि (४०.६ प्रतिशत) पहाडी भूभाग ६,७४९ वर्ग किमि (३४.५ प्रतिशत) र तराई भूभाग ४,८५७ वर्ग किमि (२४.८ प्रतिशत) रहेको छ ।

राजस्व संकलनमा १.०५ प्रतिशत मात्र योगदान रहेको यो प्रदेशको प्रतिव्यक्ति आय ६८५ डलर छ । विकासको दृष्टिकोणले पछि रहेको यो प्रदेश पछिल्लो समय भने महत्वपूर्ण योजनाको साथ अघि बढिरहेको छ ।

प्रसस्त सम्भावना बोकेको सुदूरपश्चिम प्रदेशमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सबैभन्दा लामो झोलुंगे पुल (दोधरा चादनी) खप्तड, रामारोशन, अपि सैपाल हिमाल जस्ता पर्यटकीय गन्तव्य छन् ।