निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव


निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ । 

आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको नगरसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आयोगले निर्वाचनका लागि दुवै विकल्प प्रस्ताव गरे । 

उनका अनुसार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने हो भने ३० कात्तिक र दुई चरणमा गर्ने हो भने २९ कात्तिक र ३ मंसिरको मिति आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ । 

स्थानीय तहको निर्वाच गत वैशाखमा सम्पन्न गरेको सरकारले अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदो मंसिरभित्र सम्पन्न गर्नुपर्नेछ । 
 

Logo