धरान उपमहानगरले १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको बजेट ल्यायो

धरान उपमहानगरले १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको बजेट ल्यायो


धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेश गरेको छ । चालू आर्थिक वर्षका लागि उपमहानगरपालिकाले २ अर्ब ३ करोड ६४ लाखको आय व्यय अनुमान गरेको थियो । यथार्थ खर्च भने १ अर्ब ८ करोड ८९ लाख ३३ हजार भएको छ र आय भने १ अर्ब ५६ करोड ७७ लाख ९५ हजार भएको जनाइएको छ । 

आगामी आर्थिक वर्षका लागि धरानमा बजेट घटाएर चालू तर्फ ३ करोड ३७ लाख ७३ हजार ४ सय ४२ (४९.४६ प्रतिशत), पुँजीगततर्फ रु. ८१ करोड ९५ लाख ५० हजार ५ सय ५ (४८.६१ प्रतिशत) र वित्तीय व्यवस्था तर्फ रु. ३ करोड २५ लाख (१.९३ प्रतिशत) बजेट विनियोजन गरिएको छ । 

धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाद्वारा प्रस्तुत बजेटमा धरान उपमहानगरको आर्थिक समृद्धि र नगरवासीको समुन्नति एवम् सुखको लागि दिगो र उच्च प्रतिफल दिने आयोजनाहरुको पहिचान गरी नागरिक एवम् सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्दै प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ । आधुनिक शिक्षा, स्वास्थ्य र पूर्वाधार सुविधा सम्पन्न बहुसांस्कृतिक सहरको पहिचान कायम गर्ने बजेटको मूल्य उद्देश्य रहेको बेघाले बताए । 

Logo