लोकदोहोरी गायिका दिलमाया मृत भेटिइन्

लोकदोहोरी गायिका दिलमाया मृत भेटिइन्


लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला परेकी छन । 

सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौंको तारकेश्वर–११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएकी हुन । उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन ।

श्रीमान्सँग सम्बन्ध विच्छेद पश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन ।
 

Logo