म इमोसनल भएको छु, रिस उठ्ने प्रश्न सोध्नू : रामकुमारी झाक्री

म इमोसनल भएको छु, रिस उठ्ने प्रश्न सोध्नू : रामकुमारी झाक्री


शहरी विकास मन्त्री रामकुमारी झाँक्री आइतवार पदबाट राजीनामा दिँदै गर्दा रोएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा बुझाएर सिंहदरबारमा पत्रकार सम्मेलन गर्न पुगेकी झाक्री पटक पटक आँसु झार्दै भक्कानिइन्। 

उनलाई सञ्चारकर्मीले ‘पद छाड्न परेर कि काम गर्न बाँकी भएर भावुक भएको’ भन्दै प्रश्न गरे ।  उनले त्यसक्रममा भावुकभन्दा पनि रिस उठ्ने प्रश्न सोध्न आग्रह गरिन्। उनले आफू इमोसनल भएको भन्दै प्रश्नको फेस गर्न नसकेको बताइन्। 

८ महिना २० दिनपछि उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन्। ‘यो जिम्मेवारी दिनुहुने मेरो पार्टी, विश्वास गर्ने प्रधानमन्त्री र मन्त्रिपरिषदको टिमप्रति धन्यवाद दिन चाहन्छु।’ उनले भनेकी छिन्।  उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ ।

आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका थिए । एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । तर मन्त्रीहरु बिदा हुन नमान्दा उक्त पार्टीमा बिबाद भएको थियो । 

Skip This
Logo