जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गुप्ता निर्वाचित

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गुप्ता निर्वाचित


बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित भएका छन् ।

शनिबार राति भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार गुप्ताले ३१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश गुप्ताले २६० मत प्राप्त गरे । सोही पदका अन्य उम्मेदवार रामचन्द्र पौडेलले २३७ मत, दिनेशप्रसाद कलवारले १२० र अनिलकुमार साहले ११ मत प्राप्त गरे । 

वाणिज्य तर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता निर्वाचित भएका छन् । गुप्ता ३०० मत प्राप्त गर्दै निर्वाचित भएका हुन । अन्य उम्मेदवार मोहन साह कलवारले २११, अर्जुन लम्सालले १६६, सन्तोषकुमार गुप्ताले १३४ र रामायणप्रसाद साहले १४ मत प्राप्त गरे । 

उद्योगतर्फको उपाध्यक्षमा बिजयकुमार साह निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी दिपक गुप्ताले ३२ मत प्राप्त गरे । संघको महासचिवमा प्रकाश गिरीले जित हात पारे । गिरी ४८५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले निर्वाचित भए । अन्य उम्मेदवार लक्ष्मण अधिकारीले २७३ मत र अनिल तिवारीले १८२ मत प्राप्त गरे ।

कोषाध्यक्षमा रामबाबु कलवार निर्वाचित भएका छन् । उनले ५८५ मत प्राप्त गर्दा सोही पदका प्रत्यासी उम्मेदवार अमरप्रसाद यादवले ३१५ मत प्राप्त गरे । वाणिज्य तर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारी २२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन । कृष्णप्रसाद साहले १९८ मत, गीता शर्माले १४३ मत, श्यामबाबु साहले ११६ मत, शान्ताकुमारी बजगाईले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गरे ।

यसअघि उद्योग तर्फको सचिवमा मुकेश साह निर्विरोध निर्वाचित भएका थिए । वाणिज्यतर्फको सात सदस्यमा सन्तोष कुशवाहा, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदिप कुमार, रीता कँडेल र आशा दाहाल निर्वाचित भएका छन् । उद्योगतर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७ मत, राजेशकुमार प्रसाद साह ५६ र रीना रौनियार पुरीले ५५ मत प्राप्त गर्दै निर्वाचित भएका छन ।

कुल १३ सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेका कारण मोहन शर्मा यसअघि नै अध्यक्षमा निर्वाचित भइसकेका थिए । शर्मा अध्यक्षमा निर्वाचित भएपछि बाँकी पदका लागि निर्वाचन भएको हो ।

Logo