धेरै काम गर्नुपर्ने छ, काम गर्दा पदको दुरुपयोग गर्दिनँ : शहरी विकासमन्त्री मेटमणि चौधरी

धेरै काम गर्नुपर्ने छ, काम गर्दा पदको दुरुपयोग गर्दिनँ : शहरी विकासमन्त्री मेटमणि चौधरी


 शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् । उनले भने‘ धेरै काम गर्नुपर्ने छ तर काम गर्दा पदको दुरुपयोग गर्दिनँ ।

आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका शहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’

छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए । उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

  

Logo