लिफ्ट मागेर आए, त्यसपछि गाडीधनीलाई नै कुटपिट गरि गाडी लुटे

लिफ्ट मागेर आए, त्यसपछि गाडीधनीलाई नै कुटपिट गरि गाडी लुटे


कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् ।
महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । 
हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लुटिएको गाडी खोजी भैरहेको प्रहरीले बताएको छ ।

 

Logo