कर्णाली प्रदेश सभा बैठक फेरि स्थगित

कर्णाली प्रदेश सभा बैठक फेरि स्थगित


 
सुर्खेत कर्णाली प्रदेश सभाको बैठक आज सोमवार नबसेर नै स्थगित भएको छ । प्रदेश सरकारले एकलौटी, असन्तुलित, र प्रतिपक्षसँग गरेको सम्झौता विपरीत बजेट ल्याएको भन्दै एमालेले विरोध गरेको छ । 

हिजो आइतवार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै बैठकमा अवरोध गरेपछि आज दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भोलि मङ्गलवारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । 

आज बिहान सर्वदलीय बैठक बसे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । 

Logo