कन्चनपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गयो

कन्चनपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गयो


कञ्चनपुरको पुनर्वास नगरपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
    
मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ नगर बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका-८ की २५ वर्षीया शारदा थापा रहेका छन् । आज विहान श्रेष्ठको धानबारीमा काम गर्ने क्रममा चट्याङ परेर घटनास्थलमै ज्यान गएको हो । मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । थापासँगै अर्का एक जना पनि सामान्य घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Logo