आज पहिरोको कारण यी सडक अवरुद्ध छन्

आज पहिरोको कारण यी सडक अवरुद्ध छन्


पहिरोका कारण लम्जुङ, पाल्पा र दैलेखका तीन वटा सडक अवरुद्ध भएका छन् । लमजुङको बेसिशहर नगरपालिका-१ उदिपुरस्थित बेशिशहर–डुम्रे सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरुद्ध भएको छ । 

अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 
पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानदेखि सिद्धबाबा मन्दिरसम्म बिभिन्न स्थानमा मंगलबार बिहान ढुङ्गा सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । दैलेखको बिन्द्रासैनी नगरपालिका–७ चिसाखोलास्थित कर्णाली राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरोध भएको छ । प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

 

Skip This
Logo