‘लाग्यो असार’ बजारमा (भिडियो सहित)

काठमाडौं,

नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डिएआर मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ ।

गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले सोही अनुरुप असारे भाका सहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावन जेले जानकारि दिए । गितमा ९ जना लोक गायक गायिकाले स्वर दिएका छन् । जसमा पुरुष तर्फ चर्चित लोक गायकहरु नवराज घोरासाईने, उद्वव कार्कि, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जीवन वडुको स्वर रहेको छ भने महिला तर्फ चर्चित लोक गायिका पार्वती कार्कि, सपना कुँवर र मिङमा लामाको आवाज रहेको छ ।

‘लाग्यो असार’ गीतको शब्द तथा संगीत संयोजन प्रभावन जे, एरेन्ज भुवन प्रकाश बडु, मिक्सिङ मास्टरिङ जीवन वडु, रेर्कडिष्ट मनोज डङगोलले गरेका हुन् भने बिग परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो । म्युजिक भिडियो :