सर्लाहीमा गोली चल्यो

सर्लाहीमा गोली चलेको छ।  जिल्लाको लालबन्दी नगरपालिका शनिबार दिउसो गोली चलेको हो । आज्ञात समुहले प्रहार गरेको गोली लागेर एक मजदुर घाईते भएका छन् ।

घाईते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरका ३० बर्षीय जयनाथ महतो रहेका छन् । मोटरसाइकलमा चडेर आएका दुईजना अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

उनको पाखुरामा गोली प्रहार  भएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।