३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्षका लागि ४५ लाख विनियोजन

३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्षका लागि ४५ लाख विनियोजन


गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ ।

दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तीन वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर सरकारले दुर्गमका महिलाको नि:शुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो । हरेक वर्ष दुर्गम ठाउँबाट सुत्केरीहरूलाई आपतकालीन उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

चालु वर्षमा तीन जना सुत्केरी आमाको उद्धार गरिएको छ । सरकारले उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन लागेको जनाएको छ । दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याएन एयर लिफ्टिङ कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री रामजी बरालले बताए ।

सरकारले निजी कम्पनीका हेलिकोप्टरमार्फत सहकार्य गरेर सस्तोमा उनीहरूको उद्धार गर्दै आएको छ । यस्तै, उपचार गर्न नसक्ने सुत्केरी र गर्भवतीलाई सरकारले नै उपचारसमेत गराएको छ ।

Logo