८ दशमलव ८७ अंकले घट्यो नेप्से

८ दशमलव ८७ अंकले घट्यो नेप्से


कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ । लगातारजसो ओरालो लागिरहेको सेयर बजार बिहीबार ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा आइपुगेको थियो । 

शुक्रबार २२१ वटा धितोपत्रको ३६ लाख ६३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४५ करोड ९३ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
 
शुक्रबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 
शुक्रबार आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागको छ भने कारोबार रकमको आधारमा शिबम् सिमेन्टको  सर्वाधिक ५ करोड ५७ लाख ४७ हजार ८९३ रुपैयाँ बराबरको सेयर खरिद विक्री भयो । 

 

Logo