माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै


नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेगरी तय भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने जनाइएको छ । 

गत  पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् । त्यस्तै, केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ ।  

Logo