विनोद शाही मृत्यु प्रकरण : जिल्ला अदालत अछाम तनावगस्त

विनोद शाही मृत्यु प्रकरण : जिल्ला अदालत अछाम तनावगस्त


पञ्चदेवल विनायक नगरपालिका ४ का किशोर विनोद शाही मृत्यु प्रकरणका कारण जिल्ला अदालत अछाममा सोमबार तनावगस्त भएको छ ।  न्याय माग्न अदालत पुगेका पीडित पक्षमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

जेठ १७ गतेदेखि वेपत्ता रहेका शाही जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। घटना भएको एक महिना बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आक्रोशित पीडित परिवार अदालत पुग्दा प्रहरीले उनीहरुमाथि अश्रुग्यास प्रहार गरेको हो।

शाहीको हत्या आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने सहित ७ जना पक्राउ परेका छन्। किटानी जाहेरी परेकामध्ये ६ जना अझै फरार रहेका छन्।

Logo