विदेश भ्रमण सकेर प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

विदेश भ्रमण सकेर प्रधानसेनापति शर्मा स्वदेश फिर्ता


प्रधानसेनापति प्रभुराम शर्मा विदेश भ्रमण सकी नेपाल फर्किएका छन्।  उनी यही असार ४ गतेदेखि विभिन्न देशको भ्रमणमा गएका थिए।

लेबनान, सिरिया र संयुक्त राज्य अमेरिकाको भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएको नेपाली सेनाले जनाएको छ। 

उनलाई बलाधिकृत रथी बालकृष्ण कार्की तथा रषा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरेका थिए। 

विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकको भूमिका तथा हौसला बढ्ने सेनाले जनाएको छ। 

 

Logo