कर्णाली प्रदेश सरकारले विज्ञापन होइन काम गर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारले विज्ञापन होइन काम गर्छ : मुख्यमन्त्री शाही


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापनभन्दा काम बढी गर्दै आइरहेको दाबी गरे । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सोमवार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे । 

उनले समयको महत्त्व बुझ्दा हरेक समाज तथा व्यक्तिले क्षति बेहोर्न नपर्ने  विपदमा अर्काको समाचार लेख्ने पत्रकारले आफू सुरक्षित हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री शाहीले भने, ‘पत्रकारको लेखाइको मनोविज्ञान सकारात्मक र एकै अर्थ दिने शब्द हुनुपर्दछ । विपदमा त्रासदी फैलाउने र हतोत्साहित नहुने खालको समाचार सम्प्रेषणले संवेदनशील पत्रकारिताको जिम्मेवारी पूरा हुन्छ ।’

 

Logo