गिरिजाको सालिक अनवरण गर्दै देउवाले भने, गठबन्धनमा समस्या देखिनु सामान्य

गिरिजाको सालिक अनवरण गर्दै देउवाले भने, गठबन्धनमा समस्या देखिनु सामान्य


प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनु सामान्य भएको बताएका छन् । 

नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनामनगरमा अनावरण  गर्दै देउवाले उउटै पार्टीमा पनि समस्या हुने भन्दै धेरै पार्टी मिलेर बने गठबन्धनमा समस्या हुनलाई सामान्य रुपमा लिन आग्रह गरे । उनले आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेका थिए । काठमाडौंको अनामनगरस्थित राखिएको गिरिजाप्रसादको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार अनावरण गरेका हुन् । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष, नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको सालिक उनको जन्मजयन्तीको अवसर पारेर अनावरण गरिएको हो । 

Logo