सेयर बजार राताम्मे, कारोबार रकम पनि घट्यो

सेयर बजार राताम्मे, कारोबार रकम पनि घट्यो


लगातार दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभर तलमाथि हुँदै बन्द हुने बेलामा ४६ दशमलव शून्य ८ अंकले घटेर २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको छ ।

सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । हिजोभन्दा आज कारोबार रकममा कमी आएको छ । दुई सय २९ वटा कम्पनीका ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर सेयर ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको सेयर १० प्रतिशत तथा आँधीखोला लघुवित्तको सेयर साढे नौ प्रतिशतले बढेको छ । 

Logo