सानिमा बैङ्क र अन्नपूर्ण केबलकार बीच समझदारी पत्रमा हस्ताक्षर

सानिमा बैङ्क र अन्नपूर्ण केबलकार बीच समझदारी पत्रमा हस्ताक्षर


सानिमा बैङ्क र अन्नपूर्ण केबलकार बीच व्यापार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार भएको समझदारी अन्तर्गत बैङ्कका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोवाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिटक्रेडिट मार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे । सानिमा बैङ्कको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम संचालनमा रहेका छन ।
 

Logo