विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउने माथि मुद्दा नचल्ने

विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउने माथि मुद्दा नचल्ने


 अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा पक्राउ परेकी  पञ्चदेवलकी मेयर अम्बिका चलाउनेलगायत तीन जनामाथि मुद्दा नचल्ने भएको छ । 

जिल्ला प्रहरी कार्यालय अछामको टोलीले गरेको अनुसन्धानमा मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कौशल ढुङ्गानाले मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै मेयरसहित तीन जनामाथि मुद्दा नचल्ने निर्णय गरेको हो । 

Logo