बझाङमा एक युवती मृत फेला, हत्या गरिएको आशंका

बझाङ । एक युवती मृत अवस्थामा भेटिएकी छन्। बुंगल नगरपालिका २ ताडकाबगर नजिकै २० वर्षीया ललिता धामी मृत फेला परेकी हुन् । सोमबार राति साथीको घर जान भनी हिडेकी ललिता आज बिहान मृत अवस्थामा भेटिएकी हुन्।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतका आफन्तले भने हत्या गरिएको भन्दै अनुसन्धान गरेर दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।