अर्जेन्टिनालाई २-० गोल अन्तरले हराउँदै ब्राजिल फाइनलमा

काठमाडौँ,

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा लिओनल मेस्सीको टिम अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १/१ गोल गरे ।

खेलको १९ ‌औं मिनेटमा ब्राजिलका लागि रोबर्टो फिर्मिनोको पासमा ग्राबियल जिससले गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको ७१ औं मिनेटमा जिससको पासमा फिर्मिनोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए । गोल गर्ने केही अवसर पाएको भए पनि अर्जेन्टिनाले मौकाको सदुपयोग गर्न सकेन । यो हारसँगै अन्तर्राष्ट्रिय उपाधि जित्ने मेस्सीको सपना सकिएको छ ।
एजेन्सी