जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु

जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु


जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका ९ निवासी प्रेम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो । मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका १८ बर्षका बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए  ।   

उनका अनुसार पानी परेपछि उनी रुखको मुनि ओत लाग्न  बसेका थिए । सोही स्थानमा चट्याङ परेको थियाे । उक्त घटनापछि मध्यरात नै प्रहरी घटनास्थलमा पुगेको थियो । स्थानीयका अनुसार बुढाले बाेकेकाे मोवाईलमा समेत क्षेति भएको छ ।  

Logo