#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व649015838357330153913091194
नेपाल230092013278

८ महिनाकी दुधे बालिका बलात्कृत

File Photo

सिरहा । ८ महिनाकी एक दुधे बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका–२४ मा ८ महिने बालिका बलात्कृत भएकी हुन् । मंगलवार विहान परिवारका सबै जना खेतमा काम गर्न गएको बेला शिशुुमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा स्थानीय १४ वर्षीय विकास रायलाई पक्राउ गरिएको लहानका प्रहरी नायव उपरीक्षक अपील बोहोराले जानकारी दिए।

बलात्कृत शिशुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शिशुलाई अत्याधिक रक्तश्राव भई लहानमा उपचार सम्भव नभएपछि सगरमाथा अञ्चल अस्पताल राजविराज पठाइएको छ । पक्राउ परेका रायमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार