नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा टेकप्रसाद राई

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा टेकप्रसाद राई


नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक डीआईजी टेक प्रसाद राईलाई तोकिएको छ। प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका प्रहरी नायव महानिरीक्षक राईलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।

प्रवक्ता समेत रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएपछि राईलाई जिम्मेवारी दिइएको हो। राई यसअघि मानव बेचविखन ब्यूरोमा कार्यरत थिए। त्यसअघि ललितपुर परिसरको प्रमुखका रुपमा काम गरेका थिए। सेवा अवधिको लामो समय उनले विशेष ब्यूरोमा बिताएका छन्। गतसाता राईसहित १७ डीआईजीमा बढुवा भएका थिए।

Logo