विश्वकप क्रिकेट: इंग्ल्याण्डद्वारा न्यूजिल्याण्डलाई ३०६ रनको चुनौती

आईसीसी विश्वकप क्रिकेटको जारी खेलमा घरेलु टोली इंग्ल्याण्डले न्यूजिल्याण्डलाई ३०६ रनको चुनौती दिएको छ ।

न्यूजिल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको छ ।
इंग्ल्याण्डका लागि जोनी बेरिस्टोले शतकीय पारि खेले ।

उनले ९९ बलमा १०६ रन बनाए । यसैगरी जोशन रोयले ६० रन बनाउँदा कप्तान इयोन मोर्गनले ४२ रनको पारि खेले । ओपनिङ आएका बेरिस्टो र रोयले १२३ रनको साझेदारी गर्दै घरेलु टोलीलाई बलियो सुरुआत दिलाएका थिए । न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स निशमले समान दुई दुई विकेट लिए ।

अस्ट्रेलिया र भारतले सेमिफाइनलमा स्थान बनाउँदा तेस्रो स्थानको न्यूजिल्याण्ड र चौथो स्थानको इंग्ल्याण्डबीचको महत्वपूर्ण भिडन्त हो । यी दुईबीचको समूह चरणको अन्तिम खेल भएकाले आजको खेलको नतिजाले पाकिस्तानको सेमिफाइनल समिकरणमा पनि प्रभाव पार्ने भएकाले महत्वपूर्ण मानिएको छ ।