बागमती प्रदेशसभाको बैठक असार २९ मा बस्ने

बागमती प्रदेशसभाको बैठक असार २९ मा बस्ने


बागमती प्रदेशसभाको दशौँ अधिवेशन यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ । 

उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार छलफल भई प्रतिवेदनसहित प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाका सबै सदस्यलाई असार २९ गते हुने बैठकमा सहभागी हुन सूचना सम्प्रेषण गरिएको छ । 

बागमती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो । उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए ।

Skip This
Logo