वीरगंजका मेयर सरावगीलाई पितृशोक, कोरोनालाई जिते पनि मृत्युलाई जितेनन्

वीरगंजका मेयर सरावगीलाई पितृशोक, कोरोनालाई जिते पनि मृत्युलाई जितेनन्


वीरगंज ।
वीरगंज महानगरका मेयर विजयकुमार सरावगीलाई पितृशोक परेको छ । उनका पिता तथा व्यवसायी चिरञ्जीवीलाल सरावगीको गए राति ७७ वर्षको उमेरमा मृत्यु भएको हो।

राति १२ः०५ बजे राजधानीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको मेयर सरावगीले फेसबुकमार्फत जानकारी दिएका छन् । गत साउन २२ गते उनलाई कोरोना देखिएपछि वीरगंजबाट काठमाडौं ल्याइएको थियो। त्यसपछि भदौ २ गते उनले कोरोनालाई जितेका थिए ।

उनलाई मुटु र मृगौलामा जटिल समस्या देखिएको थियो । यसकै उपचार हुँदा हुँदै उनको मृत्यु भएको हो । उनका मेयर सरावगीसहित दुई छोरा र एक छोरी छन्। उनको आज १० बजे पशुपतिमा अन्तिम संस्कार गरिने बताइएको छ ।

मेयर सरावगीलाई पनि कोरोना लागेपछि २५ दिनमा जितेका थिए ।

Logo